सुर्खेत, ६ जेठ (२०८३) ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नगरप्रहरीद्वारा काफल पोखिदिएकी पीडित महिलालाई नगरप्रमुख मोहनमाया ढकालले कार्यकक्षमैबोलाएर क्षमा याचना गर्नुभएको छ। सामाजिक सञ्जालमा नगरप्रहरीको कार्यशैलीप्रति तीव्र आक्रोश र विरोध बढेपछि नगरपालिकालेआफ्नो गल्ती स्वीकार गर्दै पीडितलाई न्याय दिलाएको हो।
नगरप्रमुख ढकालले पीडित महिलालाई नगरपालिकाको कार्यकक्षमा आमन्त्रण गरी भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गर्नुभयो। सोक्रममा उहाँले महिलाको व्यवसायमा भएको क्षतिको कदर गर्दै व्यक्तिगत वा संस्थागत राहत स्वरूप तत्काल १० हजार रुपैयाँ क्षतिपूर्तिरकम समेत हस्तान्तरण गर्नुभएको छ।
नगरप्रहरीलाई विभागीय कारबाही गरिने
घटनाको सर्वत्र आलोचना भएपछि वीरेन्द्रनगर नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेकोछ। विज्ञप्तिमा सडक व्यवस्थापनका नाममा नागरिकमाथि गरिने यस्ता अमानवीय व्यवहार स्वीकार्य नहुने उल्लेख गरिएको छ।
“नगरलाई व्यवस्थित बनाउने क्रममा नगरप्रहरीबाट भएको उक्त व्यवहारप्रति हामी क्षमाप्रार्थी छौँ। घटनामा संलग्न नगरप्रहरीकर्मचारीहरूलाई पहिचान गरी तत्काल विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ,” नगरपालिकाद्वारा जारी विज्ञप्तिमाभनिएको छ।
नागरिक दबाबको जित
केही दिनअघि वीरेन्द्रनगरको सडकमा व्यापार गरिरहेकी ती महिलाको काफल नगरप्रहरीले सडकमै फालिदिएको भिडियो र तस्बिरहरूसामाजिक सञ्जालमा भाइरल भएका थिए। श्रम गरेर खाने वर्गमाथि स्थानीय सरकारले अत्याचार गरेको भन्दै सर्वसाधारण र नागरिकसमाजले चर्को विरोध जनाएका थिए।
नागरिकहरूको निरन्तरको दबाब र न्यायको पक्षमा उठेको आवाजकै कारण स्थानीय सरकार आफ्ना कमजोरी सच्याउन बाध्य भएकोस्थानीय बासिन्दाहरूले बताएका छन्। यस कदमलाई सामाजिक सञ्जालमा ‘नागरिकको आवाज र सामाजिक न्यायको जित‘ भन्दैस्वागत गरिएको छ।
नगरपालिकाले आगामी दिनमा सडक व्यवस्थापन गर्दा मानवीय संवेदनशीलतालाई ध्यानमा राख्ने र नगरप्रहरीलाई नागरिकमैत्री व्यवहारगर्न विशेष निर्देशन दिइने प्रतिबद्धता समेत जनाएको छ।















Leave a Reply