Yes Nepal News

A complete Online News Portal from Nepal

बागलुङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले कुल १२ हजार ६४७ मत प्राप्त गर्दै आफ्नो विजय सुनिश्चित गरेका हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै क्षेत्रभर समर्थकहरूमा उत्साह छाएको छ। विजयी भएपछि नेता शर्मा प्रति समर्थक तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नव निर्वाचित प्रतिनिधि शर्मा ले निर्वाचन अभियानका क्रममा उठाएका विकास, सुशासन र जनसेवाका एजेन्डालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मतदाताहरूले पनि यसपटक नयाँ आशा र विश्वासका साथ उनलाई विजयी गराएको बताएका छन्।
बागलुङ–२ को यो परिणामलाई आगामी दिनमा स्थानीय विकास र जनअपेक्षा पूरा गर्ने दिशामा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading