Yes Nepal News

A complete Online News Portal from Nepal

दुबईलाई कर्मथलो बनाएर नेपालीको सेवामा सक्रिय समाजसेवी विवेक तिमिल्सिना

काठमाडौं। चितवन घर भएका समाजसेवी विवेक तिमिल्सिना विगत करिब सात वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईलाई कर्मथलो बनाएर बसोबास गर्दै आएका छन्। उनी पछिल्ला तीन वर्षदेखि विवेक टेक्निकल सर्भिस एलएलसी (Bibek Technical Service LLC) सञ्चालन गर्दै वैदेशिक रोजगारीसम्बन्धी परामर्श र सहयोग प्रदान गर्दै आएका छन्।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीको उद्धार, आवश्यक परामर्श, सही सूचना प्रवाह तथा सुरक्षित वैदेशिक रोजगारीबारे जनचेतना फैलाउने अभियानमा उनी सक्रिय छन्। सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत पनि उनले नियमित रूपमा सचेतनामूलक सामग्री र सहयोगसम्बन्धी जानकारी साझा गर्दै आएका छन्।

उनका फेसबुक र टिकटक खातामा ठूलो संख्यामा फलोअर छन् भने उनका धेरै भिडियो र सामग्री लाखौं पटक हेरिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका सहयोगमूलक गतिविधिले धेरै नेपालीको ध्यान आकर्षित गरेको देखिन्छ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई दलाल र ठगीबाट जोगिन सचेत गराउने, समस्यामा परेकाहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गर्ने तथा आवश्यक परामर्श उपलब्ध गराउने कार्यमा उनी निरन्तर सक्रिय रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading