कैलाली — फागु पूर्णिमाको अवसरमा सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्टले चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।
होलीको रंगीन माहोलसँगै कैलाली क्षेत्र नं. ४ मा राजनीतिक सरगर्मी पनि बढ्दै गएको छ। घरदैलो, टोलभेट तथा जनसम्पर्क कार्यक्रममा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
उम्मेदवार भट्टले “रंग जस्तै उज्यालो भविष्यका लागि” फागुन २१ गते सूर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। विकास, स्थायित्व र समृद्धिलाई मुख्य एजेन्डा बनाउँदै उनले क्षेत्रको समग्र विकासमा आफू प्रतिबद्ध रहेको बताए।
समर्थकहरूका अनुसार होलीको उल्लाससँगै जनताको साथ र विश्वास पनि मजबुत बन्दै गएको छ। “एक मत विकासका लागि, एक मत स्थायित्वका लागि” भन्ने नारासहित अभियान अघि बढाइएको छ।
होलीको शुभकामनासँगै लेखराज भट्टको पक्षमा चुनावी माहोल तातियो















Leave a Reply