कैलाली – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द) अत्तरिया बजार क्षेत्रमा घरदैलो अभियानमा सक्रिय देखिएका छन्। बिहानदेखि साँझसम्म टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्।

जनसम्पर्क अभियानका क्रममा विशेषगरी युवा जमात उत्साहपूर्वक उनको साथमा देखिएको छ। युवाहरूले सामाजिक सञ्जालदेखि बजार क्षेत्रसम्म प्रचारप्रसारलाई तीव्र बनाएका छन्। स्थानीय व्यवसायी, महिला समूह र ज्येष्ठ नागरिकसँगको भेटघाटले अभियानलाई थप प्रभावकारी बनाएको छ।

उम्मेदवार आनन्दले शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै “जनताको साथ र विश्वास नै मेरो शक्ति हो” भन्ने सन्देश दिएका छन्।
अत्तरिया बजारमा देखिएको सक्रियता र जनउपस्थिति हेर्दा कैलाली–४ का मतदातामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। घरदैलो अभियानले स्थानीय स्तरमा समर्थन जुटाउन महत्वपूर्ण भूमिका खेल्दै चुनावी माहोललाई थप ऊर्जा दिएको
















Leave a Reply