गौरीगंगा–११, ऐठा चौराहा (कैलाली) — स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेपाली कांग्रेसका उम्मेदवार आनन्द बिष्ट ले आफ्ना एजेन्डा र प्राथमिकता सार्वजनिक गरेका छन्।

घरदैलो तथा चौराहामा आयोजित भेटघाट कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो। उम्मेदवार बिष्टले क्षेत्रको पूर्वाधार विकास, रोजगारी सृजना, कृषि तथा सिँचाइ व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार लाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “जनताको विश्वास नै हाम्रो शक्ति हो। ऐठा चौराहाबाट उठेको आवाजलाई संसदसम्म पुर्याउने जिम्मेवारी म लिन्छु।”
स्थानीयहरूले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन र युवा लक्षित कार्यक्रमबारे प्रश्न राखेका थिए। सो क्रममा बिष्टले समस्या समाधानका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै सहकार्यको अपिल गरेका थिए।
चुनावी माहोल तातिँदै जाँदा गौरीगंगा–११ मा नेपाली कांग्रेसप्रति आकर्षण बढ्दो देखिएको स्थानीयहरूको भनाइ छ।
















Leave a Reply