कञ्चनपुर — चुनावी माहोल तातेको छ। तर कञ्चनपुर–२ मा यो केवल मतको प्रतिस्पर्धा मात्र होइन, विश्वास र भावनाको प्रश्न बनेको छ। वर्षौंदेखि सुख–दुःखमा साथ दिएका अनुहारप्रति यहाँका नागरिकको झुकाव फेरि देखिन थालेको छ।

गाउँका आँगन, टोलका चौर र बजारका भेटघाटमा एउटै आवाज सुनिन्छ— “हामीलाई काम गर्ने, दुःखमा साथ दिने प्रतिनिधि चाहिन्छ।” यही भावनासँग जोडिएको नाम हो एन पी साउद।
स्थानीय बृद्ध–बृद्धादेखि युवासम्म भन्छन्, “राजनीति केवल भाषणले होइन, व्यवहारले मापन हुन्छ।” वर्षौंदेखि जिल्लाको विकास, सडक, शिक्षा र नागरिकका मुद्दामा सक्रिय उपस्थिति जनाउँदै आएका साउदप्रति धेरैको भरोसा अझै कायम देखिन्छ। कतिपयले त भावुक हुँदै भने, “हाम्रो पीडा बुझ्ने मान्छे फेरि संसद् पुग्नुपर्छ।”
२१ फागुन नजिकिँदै जाँदा कञ्चनपुर–२ मा रुख चिन्हको चर्चा बढ्दै गएको छ। घरदैलोमा भेटिँदा नागरिकले आशा व्यक्त गरिरहेका छन्— “यसपटक पनि स्थिरता र अनुभवलाई रोजौँ।”
चुनाव परिणाम जे आए पनि, अहिले कञ्चनपुर–२ मा देखिएको आत्मीयता र विश्वासको वातावरणले लोकतन्त्रप्रति जनताको गहिरो आस्था झल्काएको छ। अब निर्णय मतदाताको हातमा छ
















Leave a Reply