काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनका क्रममा गम्भीर घाइते भई एउटा खुट्टा गुमाउनुभएका उज्यालो नेपालका उपसभापति राजेश पोर्तेलप्रति समर्थन बढ्दो देखिएको छ। आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै जनताको आवाज उठाउने क्रममा उहाँ घाइते हुनुभएको थियो।
उहाँको स्वास्थ्य अवस्थाबारे नियमित उपचार र पुनर्स्थापनाको प्रक्रिया जारी रहेको बताइएको छ। यसबीच, समर्थकहरूले उहाँको त्याग, साहस र समर्पणलाई सम्मान गर्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।
पार्टीका कार्यकर्ताहरूले समानुपातिकतर्फ “बासुरी” चिन्हमा मतदान गरी पोर्तेललाई जिताउन आह्वान गरेका छन्। उनीहरूले यो केवल एक उम्मेदवारको प्रतिस्पर्धा नभई आन्दोलनमा देखिएको प्रतिबद्धताको सम्मान भएको बताएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, आन्दोलनका क्रममा देखिएको सक्रियता र व्यक्तिगत क्षतिको पृष्ठभूमिले पोर्तेलप्रति सहानुभूति र समर्थन दुवै बढाएको छ। आगामी निर्वाचनमा त्यसको प्रभाव कस्तो पर्छ भन्ने चासो व्यापक रूपमा व्यक्त गरिएको छ।
भदौ २३–२४ को जेनजि आन्दोलनमा घाइते उपसभापति राजेश पोर्तेललाई समानुपातिकतर्फ समर्थन बढ्दो















Leave a Reply