Yes Nepal News

A complete Online News Portal from Nepal

कैलाली–५ मा पूर्व मन्त्री प्रेम आले मगरको क्रेज तीव्र, चुनावमा भारी मतले जित हुने पक्का

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्व मन्त्री प्रेम आले मगरप्रति जनताको समर्थन तीव्र रूपमा बढ्दै गएको छ। घरदैलो अभियान, जनसभा तथा जनसंवाद कार्यक्रममा देखिएको व्यापक जनसहभागिताले उहाँको लोकप्रियता उत्कर्षमा पुगेको संकेत दिएको छ।
स्थानीय जनताले विकास, रोजगारी, पूर्वाधार र सामाजिक न्यायका क्षेत्रमा गरेको योगदानको कदर गर्दै यसपटक भारी मतले विजयी गराउने प्रतिबद्धता जनाएका छन्। युवा, महिला, दलित, थारू, पहाडी समुदायसहित सबै वर्गका मतदाताहरूले प्रेम आले मगरलाई विकासको भरोसायोग्य नेतृत्वका रूपमा हेरेको देखिन्छ।
हालसम्मका जनमत, राजनीतिक विश्लेषकहरूको मूल्याङ्कन र जनसमर्थनको लहरले कैलाली–५ मा प्रेम आले मगरको जित लगभग सुनिश्चित जस्तै देखिएको छ। स्थानीय बजार, गाउँबस्ती र सामाजिक सञ्जालमा समेत उहाँको पक्षमा जनलहर देखिएको छ, जसले आगामी निर्वाचनमा ऐतिहासिक मतान्तरको संकेत दिएको छ।
पूर्व मन्त्री मगरले भने, “जनताको विश्वास र समर्थन नै मेरो सबैभन्दा ठूलो शक्ति हो। कैलाली–५ लाई समृद्ध, शिक्षित र रोजगारमुखी बनाउने मेरो प्रतिबद्धता निरन्तर रहनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading