काठमाडौं । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जापानमा बस्दै आएका समाजसेवी तथा युवा व्यवसायी श्री लोक भण्डारी (जीवन) ज्यूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन जनाउनुभएको छ।
भण्डारीले वर्तमान राजनीतिक अवस्थालाई परिवर्तन गर्न नयाँ सोच, नयाँ नेतृत्व र इमानदार राजनीतिज्ञ आवश्यक रहेको बताउनुभयो। उहाँले बालेन साह र रवि लामिछाने जस्ता युवा तथा गतिशील नेतृत्व सरकारमा आउनु पर्ने धारणा व्यक्त गर्दै यस्ता नेतृत्वले मात्र देशमा सुशासन र विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
भण्डारीका अनुसार देशको समृद्ध भविष्य सुनिश्चित गर्न रास्वपाको बहुमतको सरकार गठन आवश्यक रहेको छ। उहाँले नेपाली नागरिकलाई परिवर्तनको पक्षमा मतदान गर्न आह्वान गर्दै जिम्मेवार र पारदर्शी नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ।
जापानबाट समाजसेवी लोक भण्डारीद्वारा रास्वपालाई समर्थन















Leave a Reply