न्यूयोर्क, सेप्टेम्बर २०२५ — प्रतिष्ठित कानुनी व्यक्तित्व बासु फुलारा, Esq., The Law Offices of Bashu D. Phulara PC का संस्थापक तथा प्रमुख वकिल, यस सेप्टेम्बरमा अमेरिकामा कानुनी अभ्यास (Legal Practice) सुरु गरेको १४ वर्ष पूरा गर्दै हुनुहुन्छ। नेपालमा शैक्षिक उत्कृष्टताका लागि स्वर्णपदक प्राप्त गरेको विद्यार्थी जीवनदेखि न्यूयोर्कमा स्थापित कानुनी करिअरसम्मको यात्रा उहाँको मेहनत, दृढता र उच्च पेशागत मूल्यहरूको उत्कृष्ट उदाहरण बनेको छ।
सन् २०११ मा अमेरिकामा कानुनी व्यवसाय गर्न लाइसेन्स प्राप्त गरेदेखि नै फुलाराले इमानदारी, व्यावसायिकता र सेवाग्राहीप्रतिको अटल प्रतिबद्धताका साथ कानुनी सेवा प्रदान गर्दै आएका छन्। प्रत्येक मुद्दा सावधानीपूर्वक हेरचाह गरिएको छ भने प्रत्येक सेवाग्राहीलाई पूर्ण ध्यान र सम्मान दिइएको छ।
१४ वर्षको उपलब्धि स्मरण गर्दै फुलाराले भने—
“नेपालबाट अमेरिकासम्मको बाटो सजिलो थिएन। तर म विद्यार्थी जीवनमा सिकेको अनुशासन र परिश्रमले मलाई अगाडि बढायो। आजसम्म सेवाग्राहीहरूले देखाएको विश्वास, व्यावसायिक मित्रता, परिवार र साथीहरूको साथप्रति म अत्यन्त आभारी छु।”
न्यूयोर्कको प्रतिस्पर्धात्मक कानुनी क्षेत्रमा फुलारा एक विश्वसनीय अधिवक्ता (Attorney) को रूपमा स्थापित हुनु भएको छ। उहाँको कानुनी सूझबुझ, सेवाग्राही–केन्द्रित दृष्टिकोण र उच्च पेशागत मान्यताले उहाँलाई विशिष्ट बनाएको छ।
आफ्नो १५औं वर्षतर्फ अघि बढ्दै गर्दा वकिल बासु फुलारा अझै उच्च गुणस्तरको कानुनी सेवा, निष्पक्षता र उत्कृष्टताप्रति प्रतिबद्ध रहिरहने दृढ विश्वास व्यक्त गर्नुहुन्छ।
बारेमा – वकिल बासु फुलारा, Esq.
बासु फुलारा न्यूयोर्कस्थित The Law Offices of Bashu D. Phulara PC का प्रमुख वकिल हुन्। सन् २०११ देखि अमेरिकामा कानुनी अभ्यास गर्दै आउनु भएका उहाँ इमानदारी, परिश्रम र सेवाग्राही हितप्रतिको निष्ठाका लागि परिचित हुनुहुन्छ। नेपालदेखि अमेरिकासम्मको उहाँको यात्राले दृढता, उत्कृष्टता र न्यायप्रतिको अटूट आस्थालाई प्रतिबिम्बित गर्दछ।
🌐 थप जानकारीका लागि: phulara.com