Yes Nepal News

A complete Online News Portal from Nepal

अमर मा.वि. पूर्व विद्यार्थी समाज दोलखाको साधारण सभा भदौ २१ गते

दोलखा — दोलखाको ऐतिहासिक शैक्षिक केन्द्र अमर माध्यमिक विद्यालयसँग सम्बन्धित पूर्व विद्यार्थीहरूको साझा छाता संस्था अमर मा.वि. पूर्व विद्यार्थी समाज को साधारण सभा यही २०८२ साल भदौ २१ गते शनिबार भव्य रूपमा सम्पन्न हुने भएको छ।

यस कार्यक्रममा विद्यालयप्रेमी पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला सबैलाई उपस्थित भई सहभागिता जनाउन समाजका आजीवन सदस्य एवं २०२५–२०२७ कार्यकालका लागि एनआरएनए एनसीसी ( गैर आवासीय नेपाली संघ) अमेरिकाको बोर्ड अफ डायरेक्टरमा विजयी भएका बाबुराम काफ्लेले हार्दिक निमन्त्रणा गर्नुभएको छ।

आगामी एजेण्डा

साधारण सभामा विद्यालय र समाजसँग सम्बन्धित नीतिगत छलफल, आगामी गतिविधि निर्धारण, पूर्वविद्यार्थीबीच आपसी एकता, सहकार्य र विद्यालयको शैक्षिक, सामाजिक तथा भौतिक प्रगतिमा योगदान पुर्‍याउने कार्यक्रमहरू तय गरिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading