Yes Nepal News

A complete Online News Portal from Nepal

एनआरएनए वरिष्ठ उपाध्यक्ष सन्तोष पहारी : छोटो तर गहिरो बोल्ने भीजनरी नेता

एनआरएन परिवारको तर्फबाट भर्जिनिया च्याप्टरले आयोजना गरेको वार्षिक साधारण सभामा देखाइएको उत्कृष्ट आतिथ्य र व्यवस्थित तयारीका लागि सबैतर्फबाट प्रशंसा भइरहेको छ। सहभागीहरूलाई आत्मीयता, उदारता र संगठनप्रतिको प्रतिबद्धताले मन्त्रमुग्ध बनाएको यो ऐतिहासिक भेलामा एनआरएनए एनसीसी अमेरिका (२०२५–२०२७) का वरिष्ठ उपाध्यक्ष सन्तोष पहारीको उपस्थिति विशेष प्रभावकारी रह्यो।

छोटो तर सारगर्भित भाषण शैलीका कारण चर्चित पहारीले नागरिकता अधिकारको विषयमा पुनः जोड दिए। उनले भने, “एनआरएनए पाउनुपर्ने नागरिकता अब विलम्ब हुनु हुँदैन। यस विषयमा हामी सबैको एकताबद्ध आवाज निर्णायक बन्नेछ।”

भीजनरी नेतृत्वका धनी पहरीले आफ्नो वक्तव्यमा एकताको महत्त्व, नेपालीपनको पहिचान र एनआरएन आन्दोलनलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयलाई प्राथमिकतामा राखे। साधारण सभामा उनले प्रस्तुत गरेको दृष्टिकोणले सहभागीहरूमा उत्साह र प्रेरणा भरिदिएको देखियो।

एनआरएनए भित्र बलियो नेतृत्व र नागरिकताको सवालमा जोडदार लडाइँ लड्ने संकल्पका कारण सन्तोष पहरी आज विश्वभरका नेपालीहरूबीच भविष्यनिर्माता नेता का रूपमा उदाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading