थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न 4th Star International Award – 2025 मा नेपालका लागि अभूतपूर्व गौरवमय क्षण सिर्जना भएको छ।

विश्वका प्रतिष्ठित हस्तीहरूबीच आयोजित यस भव्य समारोहमा, पूर्णायु आयुर्वेद हस्पिटल ले सम्पूर्ण आयुर्वेद क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मान कब्जा गर्दै नेपाललाई विश्व रंगमञ्चमा ऐतिहासिक उचाइमा पुर्याएको हो।

यो विजय केवल एउटा संस्थाको मात्र नभई सम्पूर्ण नेपाली आयुर्वेदको वैश्विक मान्यता हो। सहभागीहरूले यस क्षणलाई “नेपालको गौरवको नयाँ अध्याय” र “इतिहासमै अभूतपूर्व उपलब्धि” को रूपमा व्याख्या गरे।

‘स्वस्थ नेपाल, समुन्नत नेपाली’ भन्ने अठोटसहित स्थापना भएको पूर्णायुले, तीन दशकदेखि ग्यास्ट्रिक, मिर्गौला, क्यान्सर, पाइल्स, फिस्टुला, सुगर, प्रेसर, थाइराइड, पत्थरी, छाला, मानसिक र यौन स्वास्थ्यजस्ता जटिल रोगहरूको जरा समातेर उपचार गर्दै आएको छ। रोग मात्र होइन, मानिसको विश्वास, आशा र जीवनलाई पुनर्जीवन दिने केन्द्रका रूपमा पूर्णायु स्थापित भइसकेको छ।

यस पटक प्राप्त अन्तर्राष्ट्रिय सम्मानलाई सहभागीहरूले “नेपालको आयुर्वेदको स्वर्णिम अध्याय” भनेर सम्बोधन गरे।
यो पुरस्कार केवल एउटा संस्थाको होइन — निष्ठा, सेवा र आयुर्वेदप्रतिको समर्पणको ऐतिहासिक प्रतिफल हो।