Yes Nepal News

A complete Online News Portal from Nepal

जापानमा “परिवर्तनमा युवाको भूमिका र प्रवासी नेपालीको योगदान” विषयक कार्यक्रम

टोकियो, जापान । रास्वपाका युवा नेता दिलेन्द्र प्रसाद जोशीको पहलमा जापानमा “परिवर्तनमा युवाको भूमिका र प्रवासी नेपालीको योगदान” विषयक विशेष कार्यक्रम हुने भएको छ।

कार्यक्रम आगामी २०२५ सेप्टेम्बर ५, शुक्रबार साँझ ५ बजेबाट कामाता चौतारो हलमा आयोजना हुने छ।

नेता जोशीले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभएको छ। उहाँका अनुसार, कार्यक्रममा युवाको भूमिकामार्फत मुलुकमा सकारात्मक परिवर्तन ल्याउने सम्भावना र प्रवासी नेपालीहरूले मातृभूमिको विकासमा पु¥याउन सक्ने योगदानबारे गहन छलफल हुनेछ।

जापानमा बसोबास गर्ने नेपाली समुदाय, विद्यार्थी, सामाजिक अभियन्ता तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading