Yes Nepal News

A complete Online News Portal from Nepal

कञ्चनपुर–२ मा कांग्रेसको बलियो पकड, विपक्षी दलहरू दबाबमा

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार एन.पी. साउदले चुनावी मैदानमा स्पष्ट दबदबा बनाएका छन्। अनुभवी नेतृत्व, विकासका ठोस काम र जनताको भरोसाले साउदलाई निर्णायक अग्रता दिलाएको छ।
विपक्षी दलहरूले नयाँ नारा र वाचा अघि सारे पनि जनताले विगतको काम र परिणामलाई आधार मानेर निर्णय गर्ने संकेत देखिएको छ। राजनीतिक विश्लेषकका अनुसार विपक्षी उम्मेदवारहरू संगठन कमजोर, विकास दृष्टि अस्पष्ट र जनसमर्थन सीमित अवस्थामा रहेका छन्।
साउदले भने “कञ्चनपुर–२ लाई विकासको नमुना क्षेत्र बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै जनताको समर्थन अझ मजबुत बनाउँदै लैजाने” बताएका छन्।
यस क्षेत्रको चुनावी प्रतिस्पर्धा अब कांग्रेस पक्षमा झुक्दै गएको र विपक्षी दलहरूलाई गम्भीर चुनौती खडा भएको स्थानीय स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading