Yes Nepal News

A complete Online News Portal from Nepal

खोकना विवाद टुंगो नलागे वैकल्पिक मार्गबाट द्रुतमार्ग अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ — सुशीला कार्कीले काठमाडौं–तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनामा देखिएको विवाद थाती राखेर वैकल्पिक योजनाबाट काम अघि बढाउन निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा स्थानीय सांस्कृतिक सरोकारलाई ध्यान दिँदै सुरु विन्दु परिवर्तन गरेर भए पनि आयोजना चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिइयो।

छलफलमा रामेश्वर खनाल, अनिलकुमार सिन्हा, माधव चौलागाईं, प्रकाशकुमार श्रेष्ठ र अशोकराज सिग्देललगायत सहभागी थिए।

नेपाली सेनाले आयोजनाको प्रगति र समस्याबारे ब्रिफिङ दिएको थियो। प्रधानमन्त्री कार्कीले विवाद लम्ब्याएर बस्नुभन्दा डीपीआर संशोधन गरी जहाँ सहमति हुन्छ त्यहीँबाट काम अघि बढाउन निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading