Yes Nepal News

A complete Online News Portal from Nepal

काठमाडौँ–३ मा उम्मेदवार बनेका कुलमान घिसिङद्वारा घरदैलो अभियान तीव्र

काठमाडौँ । कुलमान घिसिङले काठमाडौँ–३ बाट उम्मेदवारी दिएसँगै चुनावी प्रचारलाई तीव्र बनाएका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका उनी अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।

निर्वाचन आयोग नेपालले तोकेको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनाव प्रचार सुरु गरेका हुन् । आयोगले ४ देखि १८ फागुनसम्म प्रचार गर्न र बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचार गर्न अनुमति दिएको छ ।

२१ फागुन हुने प्रतिनिधिसभा निर्वाचनमा कुल ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading