कैलाली — कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदीप कुमार चौधरीले समग्र क्षेत्रको विकासका लागिस्पष्ट र ठोस प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सशक्त, ऊर्जाशील र विकासमुखी व्यक्तित्वका रूपमा चिनिने चौधरीले शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै छिटोभन्दा छिटो कार्यान्वयन गर्ने योजना सार्वजनिकगर्नुभएको छ।
चौधरीले किसान, पिछडिएका वर्ग, दलित समुदाय तथा सबै सामाजिक समूहलाई समेटेर समावेशी विकास अभियान अघि बढाउनेबताउनुभयो। उहाँका अनुसार कैलाली क्षेत्रलाई आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नमुना क्षेत्र बनाउने लक्ष्य लिइएको छ।
“कैलाली–१ का जनताको जीवनस्तर उकास्ने हाम्रो प्रमुख उद्देश्य हो। शिक्षा र स्वास्थ्यको पहुँच सबै नागरिकसम्म पुर्याउनेछौँ, साथैरोजगारी र कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइनेछ,” उम्मेदवार चौधरीले भन्नुभयो।
उम्मेदवार चौधरीले युवाहरूका लागि रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक, खानेपानी, विद्युत् र सञ्चार पूर्वाधार विस्तारमाविशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ। उहाँका अनुसार क्षेत्रीय विकासका लागि स्थानीय जनताको सहभागिता र सहकार्यअनिवार्य रहेको छ।
स्थानीय मतदाताहरूले पनि नयाँ सोच र विकासमुखी कार्यक्रम ल्याउने उम्मेदवारको रूपमा चौधरीप्रति अपेक्षा राखेको बताएका छन्।उज्यालो नेपाल पार्टीले “सुशासन, समृद्धि र सामाजिक न्याय“ को नारासहित ‘चिम (बल्ब)’ चुनाव चिह्न लिएर चुनावी मैदानमाउत्रिएको छ। आगामी निर्वाचनमा चौधरीले प्रस्तुत गरेको समावेशी विकासको एजेन्डाले क्षेत्रीय राजनीतिक बहसलाई नयाँ दिशा दिनेविश्लेषकहरूको भनाइ छ।














Leave a Reply