काठमाडौं । निर्वाचन आयोग ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका तथा मतसंकेत गर्न नसक्ने मतदाताका लागि विशेष व्यवस्था गरेको जनाएको छ।
आयोगका अनुसार गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी, किरियापुत्री तथा लैंगिक तथा यौनिक अल्पसंख्यक मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न दिइनेछ। साथै आफैं मतसंकेत गर्न नसक्ने मतदाताले एकाघरको परिवारका सदस्यलाई मतदान अधिकृतको अनुमति लिएर साथमा लैजान सक्ने व्यवस्था गरिएको छ।
२१ फागुनमा देशभर निर्वाचन हुँदैछ भने मतदान केन्द्र र स्थल निर्धारण भइसकेको आयोगले जनाएको छ। विशेष आवश्यकता भएका मतदातालाई सहज मतदान वातावरण सुनिश्चित गर्न यस्तो नीति बनाइएको हो।















Leave a Reply