Yes Nepal News

A complete Online News Portal from Nepal

एक महिनापछि हट्यो दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको अवरोध, पुल निर्माण सुरु हुने

म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा एक महिनादेखि लागेको अवरोध हटेको छ। दाङखोलामा मोटरेबल पुल निर्माण सुरु नभएको विरोधमा स्थानीयले पुस २५ गतेदेखि आयोजना निर्माण बन्द गराएका थिए। चालु आर्थिक वर्षभित्र पुल निर्माण सुरु गर्ने सुनिश्चितता भएपछि आन्दोलन फिर्ता लिइएको धवलागिरि गाउँपालिकाले जनाएको छ। प्रवर्द्धक धौलागिरि कालिका हाइड्रोले कानुनी प्रक्रिया पूरा गरी छिट्टै पुल निर्माण सुरु गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ पुल नहुँदा आसपासका बासिन्दालाई आवतजावतमा समस्या हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading