काठमाडौं । बुधबार साँझ लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको बनसार क्षेत्र केन्द्रबिन्दु बनाएर साँझ ७ बजेर ५९ मिनेटमा ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको कम्पन काठमाडौं उपत्यकासहित आसपासका केही जिल्लामा पनि महसुस गरिएको स्थानीयले बताएका छन्। साँझको समयमा आएको भूकम्पपछि केहीबेर सर्वसाधारण त्रसित बनेका थिए।
हालसम्म भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले सम्भावित क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।
नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले साना परकम्पहरू समेत नियमित रूपमा आइरहने गरेका छन्। विशेषज्ञहरूले भूकम्पसम्बन्धी सचेतना र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।













Leave a Reply