काठमाडौं — राष्ट्रिय सभाको चालु अधिवेशन आधिकारिक रूपमा अन्त्य गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र तत्कालका लागि महत्वपूर्ण विधायी कार्यभार नभएको निष्कर्षसहित सरकारले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।
चालु अधिवेशन अवधिमा पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएका छन् भने सामाजिक सञ्जाल विधेयक २०८१ भने फिर्ता भएको छ। अधिवेशन अन्त्यसँगै संसद् अब आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीतर्फ केन्द्रित हुने देखिएको















Leave a Reply