झापाबाट पूर्व राजा ज्ञानेन्द्र शाह आज काठमाडौँ आइपुग्ने कार्यक्रम छ। उनलाई स्वागत गर्न नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति ले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भेला भएर स्वागत गर्ने तयारी गरेको छ।
स्वागतका क्रममा सम्भावित उच्छृङ्खल गतिविधि रोक्न प्रशासनले सुरक्षा कडा बनाएको छ। विमानस्थलदेखि निर्मल निवास सम्म प्रहरी परिचालन गरिएको छ। विमानस्थलभित्र निषेधाज्ञा लागू गरिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँ ले प्रवेशमा कडाइ गर्ने जनाएको छ।
क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग का सुरक्षाकर्मी पनि परिचालन गरिएको













Leave a Reply