Yes Nepal News

A complete Online News Portal from Nepal

रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

२८ माघ, बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।

बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजातहरू आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुक वालबाट ती कागजातहरू सार्वजनिक गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाएको तथा गोपनीयता भंग गरेको उजुरी परेपछि मंगलबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

“सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोस्ट गरेर घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गर्ने कार्य गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिइएको हो,” डीएसपी सिंहले भने, “भट्टराईमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।”

प्रहरीका अनुसार भट्टराईले यसअघि पनि पटक–पटक फेसबुकमार्फत व्यक्तिको चरित्रहत्या गर्ने खालका सामग्री सार्वजनिक गर्ने गरेको आरोप छ।

हाल उनलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading