Yes Nepal News

A complete Online News Portal from Nepal

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ, बुधबार — राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो र अनिवार्य सर्त भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिक पदाधिकारीको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन भए प्रशासनिक क्षेत्रमा पनि त्यसको प्रभाव पर्ने बताए।

लोकतन्त्रको सुदृढीकरणप्रति राज्य प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले हालै युवा पुस्ताले पनि यही चाहना स्पष्ट रूपमा व्यक्त गरेको स्मरण गराए। उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरसम्म पुर्‍याउन नसकिने भन्दै समृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए।

राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा जनताको राज्यप्रतिको विश्वास कमजोर हुने चेतावनी दिए।

उनका अनुसार अख्तियारको दुरुपयोग सामान्य त्रुटि मात्र नभई सामाजिक न्यायमाथिको गम्भीर चुनौती हो। भ्रष्टाचारविरुद्धको अभियान कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई साझा प्रतिबद्धता र सहकार्यबाट मात्र सफल हुने उनले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading