Yes Nepal News

A complete Online News Portal from Nepal

अध्ययन भिसाको नाममा करोड नजिक ठगी, बद्री सिलवाल प्रहरी नियन्त्रणमा

काठमाडौं, २६ माघ

विदेश पठाइदिन्छु भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति चितवन राप्ती नगरपालिका–२ का ३२ वर्षीय बद्री सिलवाल हुन्। उनी काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन्।

प्रहरीका अनुसार सिलवालले अध्ययन भिसामा पोर्चुगल, स्पेन र सर्बिया पठाउने भन्दै धेरै व्यक्तिहरूबाट पैसा लिएका थिए।

पोर्चुगल पठाउने नाममा २ जना विद्यार्थीबाट २१ लाख ७० हजार रुपैयाँ लिएर उनी फरार भएका थिए।

अनुसन्धानका क्रममा उनले आफ्नो नाम केदार प्रसाद सिलवाल भनेर परिचय बदलेर पनि ठगी गरेको खुलेको छ।

उनले स्पेन पठाउने भन्दै १२ लाख ४० हजार रुपैयाँ, सर्बिया पठाउने भन्दै ४ जनाबाट २१ लाख ९० हजार ५ सय रुपैयाँ, र फेरि स्पेन पठाउने भन्दै अर्का ३ जनाबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

यस विषयमा प्रहरी वृत्त लैनचौरले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading