Yes Nepal News

A complete Online News Portal from Nepal

एनआरएनए थाइल्याण्डमा नयाँ नेतृत्व चयन

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) थाइल्याण्डको ११औं राष्ट्रिय अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि श्री सञ्जय ढकालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

यो ऐतिहासिक अधिवेशनले थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई अझै संगठित, सबल र प्रतिनिधित्वशील बनाउने विश्वास लिइएको छ।

यस अवसरमा, नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्छ।

एनआरएनए थाइल्याण्डका प्रभावशाली नेता दिनेश बुढाथोकीले अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading