नासिया (NASIA)को ३४औँ वार्षिक साधारणसभा सम्पन्न भई २०२५–२०२७ कार्यकालका लागि भएको निर्वाचनमा बिध्या दिदीले ऐतिहासिक विजय हासिल गर्दै नवनिर्वाचित अध्यक्ष बन्नु भएको छ। यस विजयसँगै नासियामा नयाँ ऊर्जा, नयाँ सम्भावना र नयाँ दृष्टिकोणको सुरुवात भएको भन्दै प्रवासी नेपाली समाजमा खुसीयाली छाएको छ।

यसै अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्तोष पहारीले सामाजिक सञ्जालमार्फत बिध्या दिदीलाई हार्दिक बधाई ज्ञापन गर्दै आफ्नो शुभकामना प्रकट गरेका छन्।
उनी लेख्छन्—“नासिया ३४औँ वार्षिक साधारणसभामार्फत २०२५/२०२७ को निर्वाचनमा विजयी हुनुभएकोमा नवनिर्वाचित अध्यक्ष बिध्या दिदीलाई हार्दिक बधाई। तपाईँको नेतृत्वले नासियामा नयाँ दृष्टिकोण, नयाँ सम्भावना र नयाँ ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”
सन्तोष पहारीजस्तो अनुभवी, प्रभावशाली र दिग्दर्शी नेतृत्वकर्ताबाट प्राप्त भएको शुभकामना नवनिर्वाचित अध्यक्ष बिध्या दिदीका लागि ठूलो प्रेरणा भएको टिप्पणी गरिएको छ। प्रवासी नेपाली समुदायमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका पहारीको शुभकामनाले नासियाको आगामी यात्रा अझ सबल र परिणाममुखी हुने विश्वास गरिएको छ।

बिध्या दिदीको नेतृत्वमा नासिया अझ सशक्त, पारदर्शी र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ भने संस्थाले प्रवासी नेपाली समुदायका आवाजलाई संस्थागत ढंगले अघि बढाउने दृढ विश्वास गरिएको छ।















Leave a Reply