Yes Nepal News

A complete Online News Portal from Nepal

बरिष्ठ समाजसेवी सुनीता गुरुङलाई तमु समाज इजरायलबाट विशेष सम्मान

इजरायल — लामो समयदेखि नेपाली प्रवासी समाजमा अतुलनीय योगदान दिँदै आएकी बरिष्ठ समाजसेवी सुनीता गुरुङलाई तमु समाज इजरायलले एक भव्य समारोहबीच विशेष सम्मान प्रदान गरेको छ।

सामाजिक सेवाको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएकी गुरुङले स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा महिला सशक्तिकरणजस्ता विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। इजरायलमा बसोबास गर्ने नेपाली समुदायको हितमा उहाँको समर्पण उदाहरणीय मानिन्छ।

गुरुङ Non-Resident Nepali Association (NRNA) इजरायलकी उपाध्यक्ष तथा भोजपुर सेवा समाज इजरायलकी कोषाध्यक्षको भूमिकामा रही उल्लेखनीय काम गर्दै आएकी छिन्। उहाँको यही सेवाभावना र नेतृत्व क्षमताको कदर स्वरूप तमु समाज इजरायलले उहाँलाई सम्मानित गरेको हो।

समारोहमा विभिन्न संघसंस्था, समाजिक अगुवा, नेपाली समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। सम्मान कार्यक्रममा मन्तव्य दिँदै गुरुङले भनिन्, “समाजको सेवामा सधैं समर्पित छु र आगामी दिनमा पनि प्रवासी नेपालीको हितमा अझै सक्रिय रहने छु।

यस सम्मानले नेपाली महिलाको क्षमता र प्रवासी समुदायमा उनीहरूको प्रभावकारी भूमिकाको प्रतीकको रूपमा सुनीता गुरुङलाई अझ सशक्त बनाएको छ। इजरायलमा रहेका तमु समुदाय तथा सम्पूर्ण नेपाली समाजले यस सम्मानलाई गर्वका रूपमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading