Yes Nepal News

A complete Online News Portal from Nepal

टुम्बलर रिजमा गोलीकाण्ड : १० जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं


, २८ माघ । क्यानाडाको ब्रिटिश कोलम्बियास्थित टुम्बलर रिज सेकेन्डरी स्कूल र नजिकैको एक घरमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार विद्यालयभित्रै ६ जनाको मृत्यु भएको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । थप दुई जनाको शव नजिकैको एक घरबाट फेला परेको छ । आक्रमणकारीले आफूलाई नै गोली हानी आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

घटनामा दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ । अन्य करिब २५ जना घाइतेहरूको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले आक्रमणको उद्देश्य र आक्रमणकारीको पहिचानबारे अझै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । क्यानेडियन सञ्चारमाध्यमका अनुसार आक्रमणकारी महिला हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ब्रिटिश कोलम्बियाका प्रिमियर डेभिड इबीले घटनालाई “अकल्पनीय त्रासदी” भन्दै गहिरो दुःख व्यक्त गरेका छन् । यसैबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले घटनापछि आफ्नो म्युनिख भ्रमण स्थगित गरेका छन् ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading