Yes Nepal News

A complete Online News Portal from Nepal

राउटे मुखियासँग मेयरको भेट, स्थायी बसोबास र शिक्षामा जोड

कृष्णपुर, कंचनपुर — घुमन्ते जीवनशैलीमा बसोबास गर्दै आएका राउटे समुदायका मुखिया प्रकाश ब. शाही, प्रेम ब. शाही र खगेन्द्र ब. शाहीले कृष्णपुर नगरपालिकामा मेयर हेमराज ओझासँग भेट गरेका छन्। उक्त भेट कृष्णपुर नगरपालिकाको कार्यालयमा भएको हो।

मुखिया शाहीका अनुसार उनीहरू हाल सुर्खेतबाट कृष्णपुर आइपुगेका हुन्। यसअघि उनीहरू दैलेखमा थिए भने निकट भविष्यमा दाङतर्फ स्थायी बसाइ सर्ने योजना रहेको जानकारी दिएका छन्। “अब उप्रान्त एकै ठाउँमा स्थायी रुपमा बसोबास गरेर बालबच्चालाई विद्यालय पढाउने हाम्रो योजना छ,” उनले भने।

उनको नेतृत्वमा रहेको समूहमा हाल ४० घरधुरी र २४४ जनसंख्या रहेको छ। उनीहरूको यस्तो योजनाले घुमन्ते जीवनशैली त्यागेर मुख्यधारको समाजमा समाहित हुने संकेत दिएको छ।

मेयर हेमराज ओझाले समुदायप्रति सहानुभूति प्रकट गर्दै आवश्यक सहयोग र व्यवस्थापनका लागि नगरपालिका तत्पर रहेको प्रतिबद्धता जनाए। “राउटे समुदायको स्थायीत्व, शिक्षा र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न नगरपालिका आवश्यक पहल गर्न तयार छ,” मेयर ओझाले बताए।

अझै पनि एकाइसौं शताब्दीमा नागरिकहरूले घुमन्ते जीवन विताउनु पर्ने बाध्यता हुनु राज्यका लागि लज्जाको विषय भएको भन्दै उपस्थित सबैले राज्य र स्थानीय तहबाट विशेष नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading