Lभाद्र ११, २०८२ बाट सुरुवात भएको न्यु नवदुर्गा फ्रेस मिट सप स्थानीय स्तरमा मात्र नभई देशभरका युवाहरूमाझ प्रेरणाको स्रोत बन्दै गएको छ । सुर्यविनायक नगरपालिका–२, बालकोटमा ४५ लाखको लगानीमा आधुनिक तरिकाले निर्माण गरिएको यो मासु पसल दाजुभाइ रोजन थापामगर र महेन्द्र थापामगरको संयुक्त पहलमा सञ्चालनमा आएको हो ।
खसी, ब्रोइलर चिकेन, लोकल चिकेन, प्यारेट (प्यारेवट), लोकल अण्डा लगायतका वस्तुहरू सफा र स्वास्थ्यवर्धक वातावरणमा उपलब्ध गराइने यस पसलले छोटो समयमा नै ग्राहकको ध्यान तानेको छ । व्यवसाय सञ्चालनमा विशेष ख्याल गरिएको सरसफाइ, सहज पहुँच र ग्राहकमैत्री व्यवहार नै यसको मुख्य आकर्षण बनेको छ ।
रोजन र महेन्द्र थापामगर मूलतः रामेछाप, सुनापती गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् । हाल उनीहरू ललितपुर, लामाटारमा बस्दै आएका छन् । नेपालमै केही गरेर देखाउने उद्देश्यसहित दाजुभाइले सुरु गरेको यो व्यवसाय युवाहरूमाझ “देशमै अवसर छ, मेहनत गर्न सकिन्छ” भन्ने सकारात्मक सन्देश दिन सफल भएको छ ।
देशका हजारौं युवा रोजगारीका लागि विदेशिने क्रममा रहेका बेला यी दुई दाजुभाइले गरेको लगानी र उद्यमशीलताको कदम नेपालमै सम्भावना खोज्नेहरूमाझ एउटा उदाहरण बनेको छ । यसरी उद्यमशीलताको बाटो रोज्दै आत्मनिर्भर बन्ने यात्रामा लागेका थापामगर दाजुभाइको न्यु नवदुर्गा फ्रेस मिट सप केवल मासु पसल मात्र होइन, देशभित्रै रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्रलाई टेवा दिने महत्वपूर्ण प्रयास हो ।
👉 न्यु नवदुर्गा फ्रेस मिट सप: युवाद्वारा सुरु भएको व्यवसायिक आत्मनिर्भरताको नयाँ पहिचान














Leave a Reply