अमेरिकाको विभिन्न राज्यबाट सान फ्रान्सिस्को, क्यालिफोर्निया आइपुग्ने सम्पूर्ण अतिथिहरूलाई हार्दिक स्वागत गर्दै, आगामी एनआरएनए अमेरिकाको प्रेसिडेन्सियल डिबेट कार्यक्रममा सहभागी हुन **एनआरएनए एनसीसी अमेरिका उपाध्यक्ष पदका उम्मेदवार तथा वेस्ट रिजनल कमिटीका अध्यक्ष विष्णु केसी (खत्री)**ले सबैमा हार्दिक अनुरोध गरेका छन्।
यो कार्यक्रम **नेपाल अमेरिका पत्रकार संघ (नेजा)**को आयोजनामा शनिबार, अगष्ट ९, २०२५, दिउँसो ३ बजे नेपाली कम्युनिटी सेन्टर, रिचमण्ड, क्यालिफोर्निया (ठेगाना: 369 Chesley Ave, Richmond, CA) मा सञ्चालन हुनेछ।
केसीले कार्यक्रमलाई सफल बनाउन सबैको उपस्थिति आवश्यक रहेको बताउँदै, यस अवसरले अमेरिकास्थित नेपाली समुदायबीच आपसी समझदारी, विचार आदान–प्रदान र नेतृत्व क्षमताको मूल्याङ्कनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। साथै, उनले आफ्नो उम्मेदवारीको उद्देश्यसमेत साझा गर्दै एकतामूलक, पारदर्शी र सेवा–केन्द्रित नेतृत्वको प्रतिवद्धता दोहोर्याएका छन्।















Leave a Reply