काठमाडौं।बागमती प्रदेशको विकास र समृद्धिको कथा अब कुन्दन काफ्ले बिना अधुरो हुन्छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री कुन्दन राज काफ्ले अहिलेको समयका सबभन्दा चर्चित र प्रभावशाली नेतामा दरिएका छन्।
अर्थ मन्त्रालय मात्र होइन, आशाको मंत्रालय बनाउँदै काफ्ले!
प्रदेशको बजेट, नीति तथा योजना अब जनताको घरदैलोमा पुग्ने गरी निर्माण हुँदैछ। “विकास कागजमा होइन, फिल्डमा देखिनुपर्छ” भन्ने उनको नाराले सम्पूर्ण प्रशासनलाई दवावमा पारेको छ—काम गर्, नत्र घर जाउ!
विपद् व्यवस्थापनमा रह्यो काफ्ले मोडेल!
जब विपद् आउँछ, धेरैले भाषण गर्छन्—तर कुन्दन काफ्ले चाहिँ राहत बोकेर मैदानमै पुग्छन्।
सिंहदरबारको भाषण होइन, सडकको समाधान!
उहाँको नेतृत्वमा बाढी, पहिरोपीडितलाई तत्काल सहयोग, घर पुनःनिर्माण, स्वास्थ्य सहायता र पुनःस्थापना कार्यक्रम झनै तीव्र बनेका छन्।
गोदावरी रंगशाला – खेलकुदमै क्रान्ति!
काफ्लेले पुरानै योजनालाई धुलोबाट उठाएर स्वर्णमय भविष्यतर्फ डो¥याएका छन्। अब बागमतीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नेछ—खेलाडीले विदेश होइन, यहीं गौरव गर्नेछ।
नेतृत्व शैली: नम्र बोली, धमाका निर्णय!
पार्टीभित्र पनि कुन्दन काफ्ले अब नेतृत्वको नयाँ पुस्ताका प्रतीक बनेका छन्। विद्रोह होइन, विचार र विश्वासको राजनीतिमा उभिएका उनी कार्यकर्ता मात्रै होइन, प्रतिस्पर्धी नेताबीच पनि लोकप्रिय छन्।
संक्षेपमा: कुन्दन काफ्ले — नीति, नियत र परिणामको अर्को नाम!
प्रदेशको अर्थतन्त्र, विकास, संकट व्यवस्थापन र नेतृत्व क्षमतामा यति छोटो समयमै यस्तो प्रभाव पार्ने नेताको उदाहरण बिरलै पाइन्छ।