काठमाडौं । नेपाली उपभोक्तामाझ स्वदेशी उत्पादनप्रति आकर्षण बढ्दै गएको छ। यही क्रममा, प्राकृतिक जडीबुटीबाट निर्मित ‘श्री केश हेयर आयल’ नेपाली बजारमा आएको छ। कपाल झर्नबाट जोगाउने, नयाँ कपाल उम्रन सहयोग गर्ने र कपाललाई मजबुत तथा चम्किलो बनाउने गुण भएका कारण यो तेल उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ।

श्री केश हेयर आयलका प्रमुख टिकाराम बुढाथोकीका अनुसार, यो उत्पादन विशुद्ध जडीबुटीजन्य तत्वबाट बनाइएको छ। “हाम्रो उद्देश्य प्राकृतिक र गुणस्तरीय उत्पादन उपभोक्तासामु पुर्याउने हो। बजारमा पाइने केमिकलयुक्त तेलको तुलनामा हाम्रो तेल पूर्ण रूपमा प्राकृतिक छ, जसले कुनै हानि गर्दैन,” बुढाथोकीले बताए।
कम्पनीका अनुसार, श्री केश हेयर आयल नियमित रूपमा प्रयोग गरेमा कपाल झर्ने समस्या कम हुँदै जान्छ र नयाँ कपाल उम्रन मद्दत पुग्छ। यसले कपालको रूखोपन हटाएर चमक र मजबुती प्रदान गर्छ।
घरमै बसी अर्डर गर्न सकिने सुविधा
उपभोक्ताले घरमै बसी WhatsApp नम्बर +9779801155002 / +9779801155004 मार्फत अर्डर गर्न सक्नेछन्। कम्पनीले नेपालभर होम डेलिभरी सेवा समेत उपलब्ध गराएको छ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै
नेपालमा विदेशी ब्रान्डका कपालका उत्पादनहरू हावी भइरहेका बेला श्री केश हेयर आयल जस्ता स्वदेशी उत्पादनले उपभोक्तालाई नयाँ विकल्प दिएको छ। टिकाराम बुढाथोकी भन्छन्, “हामीले गुणस्तरीय उत्पादनमार्फत नेपाली ब्रान्डलाई स्थापित गर्ने लक्ष्य राखेका छौँ। स्वदेशी उत्पादनलाई माया गरौँ, गुणस्तरको कदर गरौँ।”
नेपालका विभिन्न बजारमा उपलब्ध श्री केश हेयर आयल छोटो समयमै लोकप्रिय बनेको छ। प्रयोगकर्ताहरूले यसको सकारात्मक प्रभाव अनुभव गरिसकेका छन्।