Yes Nepal News

A complete Online News Portal from Nepal

१६ सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २४ माघः  सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा २२ सय बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र डलरको मूल्यवृद्धिले एकैपटक सुनको मूल्यलाई प्रभाव पारिरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७५ रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading