Yes Nepal News

A complete Online News Portal from Nepal

कञ्चनपुर–२ मा एन पि साउदको जनलहर, टोल–टोलमा उत्साहपूर्ण भेटघाट

कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। एन पी साउद को घरदैलो तथा टोलभेट कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखिएको छ।


गाउँका खुला चौर तथा आँगनमा आयोजित कार्यक्रमहरूमा महिला, ज्येष्ठ नागरिक र युवाहरूको सक्रिय उपस्थिति रहेको छ। मतदातासँग प्रत्यक्ष संवाद गर्दै साउदले विकास, रोजगारी, पूर्वाधार विस्तार, शिक्षा र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमका क्रममा स्थानीय कार्यकर्तालाई खादा तथा टीका लगाएर सम्मान गरिएको दृश्यले चुनावी अभियानमा भावनात्मक आत्मीयता थपेको छ। उपस्थित मतदाताहरूले फागुन २१ गते हुने मतदानमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय स्तरमा बढ्दो सहभागिता, घरदैलो अभियानमा देखिएको ऊर्जा र कार्यकर्ताको सक्रियताले कञ्चनपुर–२ मा कांग्रेस पक्षमा बलियो जनलहर सिर्जना भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यो उत्साहले आगामी निर्वाचनमा साउदको जित सुनिश्चित हुने संकेत गरेको समर्थकहरूको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading