कञ्चनपुर, नेपाल — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका भिम कुमालले विकास, रोजगारी र सामाजिक न्यायलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। स्थानीय स्तरमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको विश्वास जित्ने प्रयास गरिरहेका छन्।
भिम कुमालले निर्वाचित भएपछिको पहिलो प्राथमिकता युवालाई रोजगारी दिने र क्षेत्रीय विकास योजनालाई तीव्रता दिने बताएका छन्। “कञ्चनपुर–३ मा बेरोजगारी ठूलो समस्या छ। स्थानीय स्रोत र साधन प्रयोग गरेर रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनेछु,” उनले भने।
कृषि क्षेत्रमा किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, सिंचाइ सुविधा विस्तार गर्ने र आधुनिक प्रविधि भित्र्याउने योजना पनि उनले अघि सारेका छन्। उनका अनुसार कृषि नै यहाँको मुख्य आधार भएकाले किसानमैत्री नीति लागू गरिनेछ।
शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने विषयमा पनि कुमालले जोड दिएका छन्। विद्यालय र अस्पतालको पूर्वाधार विकास, दक्ष जनशक्ति व्यवस्थापन र सेवामा पहुँच विस्तार गर्ने उनको योजना छ।
सीमावर्ती क्षेत्र भएकाले तस्करी, सुरक्षा र रोजगारीका चुनौती रहेको उल्लेख गर्दै उनले सीमा व्यवस्थापनमा कडा नीति अपनाउने र स्थानीय नागरिकको हितमा केन्द्रित कार्यक्रम ल्याउने बताए। साथै दलित, थारु, पिछडिएका समुदाय र महिलाको सशक्तिकरणका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
“जनताले दिएका वाचा पूरा गर्न सकिएन भने राजनीतिमा जिम्मेवारी लिन तयार छु,” कुमालले भने, “राजनीति सेवा हो, अवसर होइन भन्ने मान्यतामा म काम गर्नेछु।”
स्थानीय मतदाताले विकास र स्थायित्वको अपेक्षा गरिरहेका बेला भिम कुमालको उम्मेदवारीलाई कञ्चनपुर–३ मा नयाँ विकल्पका रूपमा हेरिएको छ। आगामी चुनावमा उनको एजेन्डा र प्रतिबद्धताले जनताको समर्थन कति पाउँछ भन्ने विषय चासोको केन्द्र बनेको छ।














Leave a Reply