काठमाडौं । अनुभव, योग्यता र कार्यसम्पादनको आधारमा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई जिताउनुपर्ने आवाज दिनप्रतिदिन बलियो बन्दै गएको छ।
ऊर्जा क्षेत्रमा ऐतिहासिक सुधार गर्दै लोडसेडिङ अन्त्य गर्ने नेतृत्वका रूपमा परिचित घिसिङको उम्मेदवारीलाई नागरिक समाज, युवा वर्ग र विभिन्न पेशागत समूहले आशाको रूपमा हेरेका छन्। उनीहरूले देशलाई व्यवहारिक र परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै घिसिङको जित अपरिहार्य भएको बताएका छन्।
समर्थकहरूका अनुसार भाषणभन्दा कामलाई प्राथमिकता दिने, इमानदार र दृढ नेतृत्व अहिलेको मुलुकको आवश्यकता हो। “कुलमान घिसिङको उम्मेदवारी केवल एक व्यक्तिको होइन, सुशासन र उज्यालो भविष्यको पक्षमा गरिएको निर्णय हो,” स्थानीय एक मतदाताले बताए।
काठमाडौं–३ मा विकास, पारदर्शिता र जवाफदेहिताको राजनीति स्थापनाका लागि घिसिङ उपयुक्त उम्मेदवार भएको जनमत बढ्दै गएको छ। उज्यालो नेपालले अघि सारेको परिवर्तनको एजेन्डाले मतदातामा उत्साह थपेको देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार जनविश्वास र कार्यक्षमताको बलमा कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ मा बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन्। अबको निर्वाचनमा उनको जितले नेपाली राजनीतिमा नयाँ आशाको सन्देश दिने अपेक्षा गरिएको छ।
काठमाडौं क्षेत्र नं. ३ बाट कुलमान घिसिङको उम्मेदवारीप्रति व्यापक समर्थन















Leave a Reply