Yes Nepal News

A complete Online News Portal from Nepal

अमेरिकाको सान फ्रान्सिस्कोमा एनआरएनए अमेरिकाको प्रेसिडेन्सियल डिबेट, उपाध्यक्ष पदका उम्मेदवार विष्णु केसीद्वारा स्वागत तथा सहभागिताको आग्रह

अमेरिकाको विभिन्न राज्यबाट सान फ्रान्सिस्को, क्यालिफोर्निया आइपुग्ने सम्पूर्ण अतिथिहरूलाई हार्दिक स्वागत गर्दै, आगामी एनआरएनए अमेरिकाको प्रेसिडेन्सियल डिबेट कार्यक्रममा सहभागी हुन **एनआरएनए एनसीसी अमेरिका उपाध्यक्ष पदका उम्मेदवार तथा वेस्ट रिजनल कमिटीका अध्यक्ष विष्णु केसी (खत्री)**ले सबैमा हार्दिक अनुरोध गरेका छन्।

यो कार्यक्रम **नेपाल अमेरिका पत्रकार संघ (नेजा)**को आयोजनामा शनिबार, अगष्ट ९, २०२५, दिउँसो ३ बजे नेपाली कम्युनिटी सेन्टर, रिचमण्ड, क्यालिफोर्निया (ठेगाना: 369 Chesley Ave, Richmond, CA) मा सञ्चालन हुनेछ।

केसीले कार्यक्रमलाई सफल बनाउन सबैको उपस्थिति आवश्यक रहेको बताउँदै, यस अवसरले अमेरिकास्थित नेपाली समुदायबीच आपसी समझदारी, विचार आदान–प्रदान र नेतृत्व क्षमताको मूल्याङ्कनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। साथै, उनले आफ्नो उम्मेदवारीको उद्देश्यसमेत साझा गर्दै एकतामूलक, पारदर्शी र सेवा–केन्द्रित नेतृत्वको प्रतिवद्धता दोहोर्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading