Yes Nepal News

A complete Online News Portal from Nepal

नारायण गोपाल चोक–चप्पल कारखाना चक्रपथ विस्तार ५० प्रतिशत सम्पन्न

काठमाडौं चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखाना खण्डको काम करिब ५० प्रतिशत पूरा भएको छ।

चीन सरकारको अनुदानमा बन्ने भनिए पनि कलंकी–बसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा विस्तार थालेको हो। चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट छुट्याएर करिब सात सय मिटर क्षेत्रमा ठेक्का गरी काम अघि बढाइएको छ।

दीर्घकालीन योजनाअनुसार महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल) सम्म सडक विस्तार गर्ने लक्ष्य रहेको छ, जसअन्तर्गत पहिलो चरणमा उपलब्ध बजेट अनुसार सात सय मिटर सडक कालोपत्रे गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading