मन्थली, रामेछाप – रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न स्थानीयहरूले सडक अवरुद्ध गरेका छन्।
मंगलबार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो। यस दुर्घटनापछि पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले पर्याप्त चासो नदेखाएको भन्दै स्थानीयहरूले बुधबार बिहानैदेखि विभिन्न स्थानमा सडक रोकेका हुन्।
स्थानीयहरूले काठमाडौँबाट आएका सवारी साधनहरूलाई खुर्कोटमा, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशेमा, र गाउँबाट छुटेका गाडीहरूलाई खिम्तीमा रोक्दै प्रदर्शन गरेका छन्।
स्थानीयहरू दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न र जिम्मेवार निकायहरूले उचित कदम चाल्नुपर्ने माग राखेका छन्।













Leave a Reply