Yes Nepal News

A complete Online News Portal from Nepal

काठमाडौंको वायु गुणस्तर अस्वस्थ तहमा, विश्वकै १० अस्वस्थ शहरमध्ये एक

काठमाडौं,२७ माघ २०८२, मंगलबार  ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै जाँदा वायुको गुणस्तर अस्वस्थ तहमा पुगेको छ । स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७१ मापन गरिएको छ ।

एक्यूआई १५० नाघेपछि वायु गुणस्तरलाई अस्वस्थ मानिने गरिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

आईक्यू एयरको तथ्यांकअनुसार आज काठमाडौं विश्वकै अस्वस्थ शहरमध्ये १०औं स्थानमा परेको छ । सूचीको पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन् । दिल्लीको वायु गुणस्तर सूचकांक ३०० नाघ्दै खतरनाक तहमा पुगेको छ भने ढाकाको एक्यूआई २८८ मापन गरिएको छ, जुन निकै अस्वस्थ श्रेणीमा पर्छ ।

वायु प्रदूषण बढ्दै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading