रिचमण्ड, क्यालिफोर्निया – नेपाली समुदायको हितमा समर्पित संस्था मदरल्याण्ड नेपालले एक विशेष तीनदिने आध्यात्मिक प्रवचन कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपालबाट आउनुभएकी प्रसिद्ध आध्यात्मिक गुरुआमा राधिकादासी सहभागी हुनुहुनेछ।
राधिकादासीलाई “भगवत मञ्जरी” को रूपमा पनि चिनिन्छ। उहाँ श्रीमद्भागवत महापुराणमा आधारित प्रवचनमार्फत हजारौँ मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याइसक्नुभएको छ। साथै, उहाँले सञ्चालन गर्नुहुने राधिका फाउन्डेशनमार्फत नेपालका असहाय महिला तथा बालबालिकालाई शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता अभियानमा सहयोग पु¥याउँदै आउनुभएको छ।
कार्यक्रम विवरण:
- मिति: शुक्रबार, जुलाई २६; शनिबार, जुलाई २७; आइतबार, जुलाई २८
- समय: दिउँसो १ बजे देखि साँझ ७ बजेसम्म
- स्थान: मुक्तिनाथ मन्दिर, 5801 McBryde Ave, Richmond, CA 94806
नोट: कार्यक्रम खुल्ला स्थानमा हुनेछ, मौसमको प्रतिकूलतालाई ध्यानमा राखी ज्याकेट वा शाल ल्याउनु होला।
पुजा सामग्रीको माध्यमबाट सहयोग संकलन:
कार्यक्रम मदरल्याण्ड नेपालका सामाजिक कार्यहरूलाई निरन्तरता दिन सहयोगस्वरूप आयोजना गरिएको हो। प्रत्यक्ष दानको सट्टामा सहभागीहरूलाई निम्न पुजा सामग्री किनेर सहयोग गर्न अनुरोध गरिन्छ:
- बेसिक पुजा ट्रे – $51: चुनरी, अबिर-केसरी, जौं-तिल, अगरबत्ती, नरिवल, हातको टोकरा
- भक्तिमय पुजा ट्रे – $151: बेसिक ट्रेका सबै सामग्रीसहित सौभाग्य सामग्री, शाल, सारी
- परिवार पुजा ट्रे – $251: भक्तिमय ट्रेका सबै सामग्रीसहित पुरुषको लागि कुर्ता र टोपी
- संरक्षक पुजा ट्रे – $521: माथिका सबै सामग्री उच्च गुणस्तरमा समावेश
महत्वपूर्ण सूचना:
- पार्किङ: McBryde Avenue मा स्ट्रीट पार्किङ उपलब्ध हुनेछ। मन्दिरको मुख्य पार्किङ स्थल खुला रहने छैन, कृपया योजना अनुरूप आउनुहोला।
- आदरपूर्वक सहभागिता: प्रवचनको वातावरणलाई शान्त, पवित्र र अनुशासित बनाइ राख्न सबैको सहयोग अपेक्षित छ। वरपरका छिमेकीहरूको शान्तिलाई ख्याल गर्दै, फोहोर नगरी, गुरुआमाप्रतिको सम्मानसाथ सहभागी हुन अनुरोध गरिन्छ।
“प्रवचनले मन शान्त बनाउँछ।”आफू मात्र होइन, परिवारसहित आउनुहोस् र राधिकादासी माताजीबाट आध्यात्मिक ज्ञान, शान्ति र प्रेरणा लिनुहोस्।
अनिल पाण्डेय –
अनिल पाण्डेयले सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत यो कार्यक्रमको जानकारी दिँदै सबै नेपाली समुदायलाई सहभागी हुन हार्दिक आमन्त्रण गर्नुभएको छ। उहाँको यो प्रयास नेपाली धर्म, संस्कृति र सामाजिक सेवाको जगेर्ना गर्न समर्पित छ।