काठमाडौं – नेपाली मोडल तथा गायक लोमस शर्मा फेरि एकपटक चर्चामा आएका छन्। हालै मात्र सार्वजनिक भएको नयाँ गीत “आकाशका नौलाखे तारा जुन” ले छोटो समयमै लोकप्रियता कमाएको छ।
गीतमा खेम सेनचुरी र दीपिका बायम्बु मगर को सुमधुर स्वर रहेको छ भने यस गीतको रचना र संगीत लोमस शर्माकै रहेको छ। भिडियोमा लोमस शर्मा स्वयं र लोसिना लामिछाने को आकर्षक अभिनय देख्न सकिन्छ।
२०८२ सालको यस सांगीतिक प्रस्तुति २०२५ जुन १८ मा युट्युबमार्फत सार्वजनिक भएको हो। हालसम्म यस गीतले ६९,५१३ भ्यूज र १.८ हजार लाइक पाइसकेको छ।
गीतको दृश्यमा आधुनिक शैली, मोटरसाइकल स्टन्ट र प्रेमभावले भरिएको रोमान्टिक प्रस्तुतिले युवाहरुलाई आकर्षित गरिरहेको छ। लोमस शर्माको अभिनय क्षमता, स्टाइल र गायक तथा मोडलको दोहोरो परिचयले उनलाई अझ लोकप्रिय बनाइरहेको छ।
लोमस शर्मा को यो नयाँ प्रयासले नेपाली म्युजिक भिडियोको स्तर उकास्न थप योगदान दिने विश्वास गरिएको छ।
👉️ भिडियो सहित













Leave a Reply