Yes Nepal News

A complete Online News Portal from Nepal

देशव्यापी कार्यक्रमसहित अभियानमा जुट्दै उज्यालो नेपाल पार्टी

काठमाडौं — उज्यालो नेपाल पार्टी ले “हामी आउँदैछौं, जनताको आवाज सुन्न” भन्ने नारासहित देशव्यापी भ्रमण तथा कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले विभिन्न जिल्लामा जनभेट, संवाद तथा सङ्कल्प कार्यक्रम आयोजना गर्ने जनाएको छ।

सार्वजनिक तालिका अनुसार कञ्चनपुरबाट अभियान सुरु हुँदै कैलाली, बर्दिया, कोहलपुर, नेपालगञ्ज, रुपन्देही, नवलपरासी, धरान, इटहरी हुँदै फिदिमसम्म कार्यक्रम सञ्चालन गरिनेछ। पार्टीले यस अभियानमार्फत जनताको प्रत्यक्ष सहभागिता र सुझाव संकलन गर्ने उद्देश्य राखेको बताइएको छ।

पोस्टरमा उल्लेख भएअनुसार पार्टीका प्रमुख नेता कुलमान घिसिङ अभियानको नेतृत्वमा रहनेछन्। देशका विभिन्न स्थानमा आयोजित कार्यक्रममा जनसमुदायसँग प्रत्यक्ष संवाद, नीति तथा विकास सम्बन्धी धारणा आदान–प्रदान गरिने जानकारी दिइएको छ।

पार्टीले आगामी राजनीतिक गतिविधि र जनसम्पर्क विस्तारलाई लक्षित गर्दै कार्यक्रम तालिका सार्वजनिक गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading