नेकपा बहुमत ले आह्वान गरेको नेपाल बन्दका क्रममा बुटवल क्षेत्रको भैरहवास्थित लुम्बिनी गेट नजिक शंकास्पद वस्तु फेला परेको थियो। बोराभित्र राखिएको वस्तुमा ‘नेपाल बन्द सफल पारौं’ लेखिएको कागज भेटिएपछि केही समय सवारी आवागमन रोकिएको थियो।
नेपाली सेना ले डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन राखिएको नक्कली बम भएको पुष्टि भएको रुपन्देही जिल्ला प्रहरीले जनाएको छ। बन्दका कारण शिक्षण संस्था बन्द भएका छन् र सवारीसाधन चलेका छैनन्, तर बजार भने आंशिक रूपमा खुलेका छन्।










Leave a Reply