कोन्ज्योसोम गाउँपालिका–१ को बाउनडाँडा मा मिनी ट्रक करिब ५ सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको छ।
लेले बाट बालुवा लिएर कालेश्वर जाँदै गरेको ट्रक राति ९ बजे दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ का चालक ५२ वर्षीय गणेश खड्का र ४२ वर्षीय गणेश थापा रहेका छन्। अन्य दुई जना पुरुषको उपचारका क्रममा पाटन अस्पताल मा मृत्यु भएको छ, उनीहरूको पहिचान खुल्न बाँकी छ।
दुर्घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुर ले अनुसन्धान गरिरहेको जनाएको छ।













Leave a Reply