Yes Nepal News

A complete Online News Portal from Nepal

स्व. डम्मर चन्दको स्मृतिमा हरियाली अभियानलाई आर्थिक सहयोग – हर्क चन्दद्वारा धनगढी उपमहानगरलाई योगदान

धनगढी, असार ३१ – अमेरिका निवासी बैतडी हटैराजका समाजसेवी हर्क चन्दले धनगढी उपमहानगरपालिकामा सञ्चालनमा रहेको हरियाली व्यवस्थापन अभियानका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

चन्द हटैराजका सुपुत्र हर्क चन्दले स्व. डम्मर चन्दको स्मृतिमा रु १०,४०० बराबरको सहयोग रकम सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरको पहलमा पाटन नगरपालिका वडा नं. २ स्थित एक खातामा पठाएका थिए। उक्त रकम सामाजिक अभियन्ता भीम उपाध्यायमार्फत संकलन गरिएको थियो।

सो रकममध्ये ४ सय रुपैयाँ चन्दले रिचार्जको लागि छुट्याएका थिए भने बाँकी रु १०,०५१ आज सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरमार्फत धनगढी उपमहानगरका प्रमुख गोपाल हमालको हातमा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

यो सहयोग अमेरिकामा रहेका नेपाली समुदायले मातृभूमिप्रतिको अपनत्व र हरियाली तथा वातावरण संरक्षणप्रति देखाएको जिम्मेवारीको प्रतीक हो। स्वर्गीय डम्मर चन्दको सम्झनामा गरिएको यस कार्यलाई उपमहानगरका प्रमुख गोपाल हमालले उच्च मूल्यांकन गर्दै सम्पूर्ण चन्द परिवारप्रति आभार व्यक्त गरेका छन्।

सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले यस्तो सकारात्मक पहलले देश-विदेशमा रहेका नेपालीहरूलाई सामाजिक अभियानमा जोड्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading